यो अभियान अन्तर्गत हामीले देश फर्किन प्रतिबद्ध र चाहना राख्ने व्यक्तिहरुको अभियान कै लागि वेबसाइट बनाएर अभिलेख राख्नेछौं । यसको आधारमा एउटै प्रकारको क्षेत्र, सिप, चाहना आदि अनुसार विभिन्न ग्रुप बनाएर छलफल गर्दै नेपालमा फर्केर गर्ने कामहरुको सम्भाव्यता र चुनौतीबारे घनिभुत छलफल गरी योजना बनाउने छौं, र फर्किसकेका साथीहरुसंग सूचना आदानप्रदान गर्दै त्यहाँको समस्या, सिमितता, बस्तुगत स्थिति आदिलाई आत्मसात गरेर फर्केर व्यक्तिगत वा सामुहिक रुपमा काम गर्नका लागि साझा मंच तयार गर्नेछौं ।