अथाह सम्भावना छ हाम्रो आफ्नै देशमा
नेपाल फर्कौं महाअभियान
Return to Nepal Initiative
नेपाल फर्कौं महाअभियान
नेपाल फर्कौं महाअभियानको आधिकारिक वेबसाइटमा यहाँहरुलाई स्वागत छ । नेपाल फर्कौं महाअभियान एक गैर-राजनैतिक अभियान हो । यो अभियानको मुख्य उदेश्य नेपाल फर्किन प्रतिबद्ध तथा चाहना भएका साथीहरुलाई पहिले नेपाल फर्किसकेका साथीहरुसंग एउटै संजालमा जोडेर व्यक्तिगत वा सामुहिक रुपमा मिलेर काम गर्ने र एकअर्काको सहयोगी बन्ने वातावरणको निर्माण गर्नु हो ।
हाम्रो सहयोग
नेपाल फर्केपछि हामीलाई आइपर्ने समस्याहरुलाई जति सक्दो मिलेर समाधान गर्न एक हामी बिचमा सामुहिक रुपमा सहकार्य गर्न सकिने बलियो टिम तथा सञ्जाल बनाउनु नै हाम्रो पहिलो आवश्यकता हो । यसका लागि हामीले हाम्रा साझा समस्याहरुलाई एक अर्काको सहयोग र अनुभवका आधारमा हल गर्दै जाने तथा अनुभव साटासाट गर्न सकिने पृष्ठभूमि तयार गर्न लागिपरेका छौं ।
हाम्रो टिम
यो अभियान अन्तर्गत हामीले देश फर्किन प्रतिबद्ध र चाहना राख्ने व्यक्तिहरुको अभियान कै लागि यस वेबसाइटमा अभिलेख बनाएर राख्नेछौं।त्यस पछि फर्किसकेका साथीहरुसंग सूचना आदानप्रदान गर्दै त्यहाँको समस्या, सिमितता, बस्तुगत स्थिति आदिलाई आत्मसात गरेर फर्केर व्यक्तिगत वा सामुहिक रुपमा काम गर्नका लागि साझा मंच तयार गर्नेछौं ।
आबद्ध हुनुहोस
अहिले हामीहरुले हामीसंग जोडिएर विभिन्न क्षेत्रमा आबद्ध हुन चाहने साथीहरुको विवरण संकलन गरिरहेका छौं। यहाँहरु पनि हामीसंग जोडिएर आफ्नो सिप र अनुभवलाई सदुपयोग गर्दै सामुहिक रुपमा योगदान सक्नुहुनेछ। यसका लागि हामीले उपलब्ध गराएको फारम भर्नुहुन अनुरोध गर्दछौं।उक्त फारम मार्फत यहाँहरुले कुनै पनि क्षेत्रमा रहेर हामीसंग आबद्ध हुन तथा हामीलाई सघाउन सक्नुहुनेछ ।
हाम्रो बारेमा
नेपाल फर्कौं महाअभियान
Return to Nepal Initiative
नेपाल फर्कौं महाअभियानको आधिकारिक वेबसाइटमा यहाँहरुलाई स्वागत छ । नेपाल फर्कौं महाअभियान एक गैर-राजनैतिक अभियान हो । यो अभियानको मुख्य उदेश्य नेपाल फर्किन प्रतिबद्ध तथा चाहना भएका साथीहरुलाई पहिले नेपाल फर्किसकेका साथीहरुसंग एउटै संजालमा जोडेर व्यक्तिगत वा सामुहिक रुपमा मिलेर काम गर्ने र एकअर्काको सहयोगी बन्ने वातावरणको निर्माण गर्नु हो ।यो अभियान अन्तर्गत हामीले देश फर्किन प्रतिबद्ध र चाहना राख्ने व्यक्तिहरुको अभियान कै लागि वेबसाइट बनाएर अभिलेख राख्नेछौ । यसको आधारमा एउटै प्रकारको क्षेत्र, सिप, चाहना आदि अनुसार विभिन्न ग्रुप बनाएर छलफल गर्दै नेपालमा फर्केर गर्ने कामहरुको सम्भाव्यता र चुनौतीबारे घनिभुत छलफल गरी योजना बनाउने छौं, र फर्किसकेका साथीहरुसंग सूचना आदानप्रदान गर्दै त्यहाँको समस्या, सिमितता, बस्तुगत स्थिति आदिलाई आत्मसात गरेर फर्केर व्यक्तिगत वा सामुहिक रुपमा काम गर्नका लागि साझा मंच तयार गर्नेछौं ।
हामी संग सम्पर्क गर्नुहोस
कुनै प्रश्न छ? हामी तपाईंको व्यवसाय, नयाँ परियोजनाहरू, रचनात्मक अवसरहरू र हामी तपाईंलाई कसरी मद्दत गर्न सक्छौं भन्ने बारे कुरा गर्न सधैं खुला छौं।