परामर्श
छोराछोरीहरुको बिद्धालयका बारेमा परामर्श
नेपाल फर्कनु भन्दा पहिला होस् वा फर्के पछि होस्, हामीहरुको पहिलो चिन्ता शायद आफ्ना छोराछोरीको बिद्धालय शिक्षाको बारेमा नै हो । त्यसैले पहिले फर्किसकेका साथीहरुले पछि फर्किने साथीहरुलाई यसबारेमा आफ्नो अनुभव साटासाट गरेर सहयोग गर्नुहुनेछ भन्ने हाम्रो विश्वास हो । यसका साथै हामीले विभिन्न बिद्धालयको ब्यबस्थापन समितिसंग कुरा गरेर उहाहरु संग गर्न सकिने सहकार्यको सम्भावनाको बारेमा पनि बिस्तारै केहि पाइला चाल्ने योजना बनाएका छौं ।
विभिन्न क्षेत्रहरुमा नेपाल सरकारका वर्तमान नियम कानुनहरु सम्बन्धि परामर्श
नेपाल फर्कनू अघि वा नेपाल फर्केपछि नेपालमै बसेर केहि गर्ने मनशाय पश्चात हामीलाई सबैभन्दा गार्हो र झन्झटिलो लाग्ने बिषय नेपालमा केहि व्यबसाय सुरु गर्दा आइपर्ने कानुनी वा सरकारी कार्यालयमा झेल्नुपर्ने झन्झट हो । यसैले यसका लागि हामीले कुनै उद्धोग दर्ता तथा व्यापार, व्यबसायका लागि प्रचलित नियम, कानुन, आदिको बारेमा सल्लाह,सुझाव तथा परामर्श दिने प्रयास गर्नेछौं ।